दफा २६
संस्थाको हिसाब र लेखापरीक्षण
(१) संस्थाले वित्तीय मध्यस्थता सम्बन्धी कामको हिसाब छुट्टै राख्नु पर्नेछ र प्रत्येक आर्थिक वर्षको वासलात तयार गरी सो आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र संस्थाको साधारण सभाले नियुक्त गरेको कुनै ड्डमान्यता प्राप्त लेखापरीक्षकद्वारा लेखापरीक्षण गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखापरीक्षक नियुक्त गर्दा एउटै व्यक्ति वा फर्मलाई लगातार तीन पटकभन्दा बढी नियुक्त गर्नु हुँदैन ।
(३) लेखापरीक्षकको पारिश्रमिक संस्थाको साधारण सभाले तोकिदिएबमोजिम हुनेछ ।
(४) बैङ्कले चाहेमा संस्थाको हिसाब किताब जुनसुकै बखत जाँच्न वा जचाउन सक्नेछ ।